Friday, April 19, 2024

विपदमा ज्यान गुमाउनेको परिवारलाई राहत

भोजपुर– जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवासुविधा कटाएर मृतकका परिवार राहत दिएका हुन् ।

उनीहरुले सङ्कलन गरेको रु ७७ हजार ९४० प्रतिमृतक रु १५ हजार ५८८ का दरले आज वितरण गरिएको छ । सेवासुविधावापत समन्वय समिति प्रमुखबाट रु १७ हजार, उपप्रमुखबाट रु १२ हजार ५०० र प्रतिसदस्य रु छ हजार ९२० का दरले सङ्कलन गरी एकै परिवारका तीनसहित पाँच मृतकका परिवारलाई राहत रकम वितरण गरेको जिल्ला समन्वय समितिले जनाएको छ।

पहिरोमा परी गत असार २८ गते टेम्केमैयुङ गाउँपालिका वडा नं ९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विक, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासीखोराका ६६ वर्षीय जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका वडा नं ५ मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीया श्रीमती मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई, १५ वर्षीय छोरा शक्तिकुमार राईको मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार