मैदी बन्दै अर्गाानिक गाउँ

    काठमाडौँ– विगतमा धेरै उत्पादन हुने लोभले जथाभावी रासायनिक मल प्रयोग गरेका धादिङ मैदीका किसान ईश्वरीप्रसाद भट्ट त्यतिबेला छानाबाट खसेजस्ता भए जतिबेला उनले खेतबारीमा अब पहिलेको भन्दा आधा पनि उत्पादन हुन नसक्ने जानकारी पाए ।

    उत्पादन कम हुनुको कारण पत्ता लगाउन १२४ ठाउँको कृषि गर्ने जमिनबाट माटोको नमुना लिई परीक्षण गरिएको थियो । परीक्षणबाट माटोमा अम्लियपन बढी भएको फेला परेपछि उनमा चिन्ता थपियो ।

    प्रशस्त मात्रामा रासायनिक मल राख्दा पनि केही वर्षदेखि वर्सेनी उत्पादन घट्न थालेपछि उनले अहिले गाईवस्तुको मलमूत्रमा अन्य वस्तु मिलाएर प्रयोग गर्न थालेका छन् र उत्पादन पनि बढ्न थालेको छ ।

    उनले भने, ‘रासायनिक मल मात्रै हालेर उत्पादन गर्दा सुरुका केही वर्ष उत्पादन भएपनि विस्तारै माटोलाई बिगार्ने र उत्पादन घट्ने हुँदा सरकारले किसानलाई समयमै सचेत र जागरुक गराउनु पर्दछ ।’

    रासायनिक मल र विषादीको बढी प्रयोगले तरकारी तथा खाद्यान्न उत्पादन घटेपछि ईश्वरी प्रसाद जस्तै मैदीका अन्य किसानहरु पनि अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । अम्लीयपन बढ्दै गएर उब्जनी हुन छाडेपछि किसानहरु अर्गानिक खेतीतर्फ आकर्षित भएका हुन् ।

    रासायनिक मल र विषादीको विकल्पमा कम्पोष्ट मल जैविक मल तथा जैविक विषादी प्रयोगबाट खेती गर्दा माटोको अम्लीयपन घट्दै जाने कृषि विकास कार्यालयले जनाएको छ ।

    रासायनिक मल र विषादी राखेर उत्पादन गरेको अन्नबाली वा तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने थाहा पाएपछि उनले अरु किसानलाई पनि प्रेरित गर्न थालेका छन् । विस्तारै गाउँका अन्य किसानले पनि अर्गानिक अन्नबाली उत्पादन गर्न थालेपछि मैदी गाउँ अर्गानिक गाउँको रुपमा परिचित हुन थालेको छ । अर्गानिक खेतीतर्फ लाग्न किसानहरुलाई आँखा खोलिदिने काम भने महिला विकास संस्थाले गरिदिएको हो ।

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम अन्र्तगत विश्व वातावरण कोष÷साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा सन् २०१४ मा महिला विकास संस्थाले सञ्चालन गरेको जैविक खेती प्रणालीद्वारा क्षयकृत भूमिको पुनःस्थापनासम्बन्धी परियोजनाले प्राङ्गारिक खेतीतर्फ किसानलाई प्रोत्साहित गरेको छ ।

    विगतमा राम्रो अन्नबाली उत्पादन उत्पादन हुने जमिन विस्तारै ह्रास हुँदै गएकाले मैदीका किसान चिन्तित भएका थिए । विभिन्न प्रकारका प्राङ्गारिक खेतीसम्बन्धी तालिम र गोष्ठी आयोजना गरेर किसानलाई प्राङ्गारिक खेतीको महत्व र रासायनिक खेतीको स्वस्थ तथा वातावरणमा पुग्ने असरको बारेमा चेतना जगाउने काम भइरहेको छ ।

    प्राङ्गारिक खानाले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र होइन, रासायनिक मल र विषादी खरिद गर्न लाग्ने खर्च पनि बच्ने हुँदा किसानहरु निर्भर हुँदा घरमा पशुपालन गर्ने क्रम घट्दै गएकामा अहिले पुनः घरघरमा पशु पाल्न थालेका छन् । बाख्रा, कुखुरापालनदेखि गाईभैंसी पाल्न थालेपछि दूध र मासुको माग पनि उत्तिकै हुन थालेको छ ।

    अहिले यहाँका ५०४ घरधुरीले करिब ५०० रोपनी जमिनमा प्राङ्गारिक मल प्रयोग गरी काउली, बन्दा, कागती, सिमी, बोडी, प्याजजस्ता विभिन्न जातका मौसमी तथा वेमौसमी तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । संस्थाले किसानलाई समय अनुसारका तरकारीको बिउबिजन पनि उपलब्ध गराएको छ ।

    स्थानीय किसान सन्तोष बस्नेत प्रत्येक दिन बिहान टिपेको ताजा तरकारी किन्न घरमै ग्राहकहरु आउन थालेको बताउँछन् । तीन वर्षअघि चार रोपनी जग्गामा अर्गा्निक तरकारी खेती गरेका छन् ।

    मुख्य बजार काठमाडौंका ठूला होटल हुन् । विदेशी पर्यटकले अर्गा्निक तरकारी खोज्न थालेपछि होटलहरुले गाउँमै आएर अर्गा्निक तरकारी खरिद गर्न थालेका छन् ।

    परियोजनाले यसको समाधानका लागि २० हजार केजी चुन त्यस्ता अम्लिय माटोमा हाल्न सहयोग ग¥यो । सुरुमा त हामीले माटोमा चुन राखेर अम्लियपन कम होला भन्ने सोचका पनि थिएनौँ, देवीमाया आलेले भनिन, ‘नभन्दै यसले माटोमा रहेको अल्मियपन हटाउनुका साथै माटोको ऊर्बरा शक्ति पनि बढाएर पहिलेकै जस्तो राम्रो उत्पादन दिन थालेको छ ।’

    यस परियोजनाले जैविक मल बनाउन र प्रोत्साहन गर्नका लागि १५० वटा सुधारिएको गोठ निर्माणमा पनि सहयोग गरेको छ । यसको निर्माणसँगै वस्तुभाउको मलमूत्र राम्रोसँग सङ्कलन भएको छ । पहिले खेतवारीमा गड्यौला देखिए मार्न खोज्ने किसान अहिले यसको महत्व बुझ्न थालेका छन् । गड्यौलाले त गाईभैंसीको मल, माटोलाई हल्का बनाउने भएकाले यसलाई मार्ने होइन, जतन गरेर पाल्न थालेका छन् ।

    जैविक मल खेतबारीमा हाल्दा माटो मलिलो, खुकुलो हुने भएकाले उत्पादन बढेको सीता अधिकारीको भनाई छ । यस परियोजनाअन्र्तगत १५ घरधुरीले ५० रोपनी जमिनमा एकीकृत कृषि पद्धति अपनाई मकै, धान, अर्गा्निक तरकारी खेती सुरु भएको छ । किसानहरुमा अर्गा्निक खेतीतर्फ आकर्षण बढेसँगै यी गाविसलाई ‘अर्गा्निक भिलेज’ को रुपमा विकास गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका कुलबहादुर गुरुङ बताउँछन् ।

    बजारमा अर्गा्निक तरकारीको मूल्य बढी रहेको छ भने बिक्रीका लागिसमेत समस्या नभएकाले किसानहरु यसमा आकर्षित भएको लामाको भनाइ छ । ‘अहिले टिप्नासाथ बिक्री हुन्छ मागेजति पु¥याउनै सकिन्न’ विष्णुमाया घिमिरेले भनिन् । स्थानीय बजारमा मात्रै नभई काठमाडौँ, पोखरा, नारायणगढ लगायतका बजारबाट यहाँको समेत अर्गा्निक तरकारीको माग आएपछि बजारको कुनै समस्या नभएको बिष्णुमाया घिमिरेको भनाइ छ ।

    अर्गा्निक खेती गर्दा किसानले पूर्णतया रासयनिक मल र विषादी हटाउन थालेका छन् । त्यसको सट्टामा गाउँमै निर्मित कम्पोष्ट मल गोबरमल जैविक मल तितेपाती, बकाइनो आदिबाट बनाइएको जैविक विषादी तथा गाईको गहुँतलाई विषादीको रुपमा प्रयोग गर्ने गरेको किसानहरु बताउँछन् । अर्गा्निक खेतीप्रति किसानको आकर्षण बढेपछि जैविक विषादी उत्पादनको क्रमसमेत बढेको छ ।

    यस क्षेत्रमा पानीको पर्याप्त स्रोत पर्याप्त नहुँदा मानिसलाई नै खानेपानीको अभाव रहेकाले खेतीपातीका लागि आवश्यक सिँचाइको समस्या थियो । परियोजनाले दुईवटा खानेपानीका मुहान संरक्षण र मर्मत गरेपछि ४५ घरधुरीका वासिन्दाले खानेपानी सुविधा पाएका छन् । वर्षायाममा आकासको पानीले बालीनालीलाई पानी भएपनि हिउँदको समयमा भने राम्रोसँग खेतीपाती हुन सक्दैनथ्यो ।

    परियोजनाले गाउँमा आठवटा पोखरी निर्माण गरेपछि सुख्खा समयमा सिँचाइ गर्न निकै सजिलो भएको चिरन्जीवी सेंढाई बताउँछन् । एउटा पोखरीमा औसतमा ३० हजार लिटर पानी सञ्चय गर्न सकिने भएकाले त्यसबाट २०÷२५ रोपनी जमिनमा सिँचाइ सुविधा भएपछि किसानहरु तरकारी र अन्य हिउँदे अन्नबाली लगाउन उत्साहित छन् ।

    त्यसैगरी थोपा सिँचाइलाई प्रवद्र्धन गर्न ५० वटा थोपा सिँचाइका लागि आवश्यक पाइप, ड्रम उपलब्ध गराइएको छ । यसले तरकारी उत्पादनमा वृद्धि भएको छ । यस परियोजनाले मैदी गाविसमा १८ वटा कृषि समूहहरु बनाई कार्यक्रम सञ्चालन गरेको छ ।

    गाउँमा पानीका स्रोत सुक्न नदिन र जैविक विविधता संरक्षण गर्नका लागि परियोजनाले २४० हेक्टर जमिनमा वृक्षरोपण पनि गरेको छ । सामुदायिक वन, कबुलियती वन, सरकारी वन, ह्रासित वन क्षेत्र, निजी वन र कृषि वनमा लप्सी, मसला, अम्रिसो, बाँस, लिची, आँप, सुन्तला, सिसौ, चाँप, खनियाका विरुवा लगाइएका छन् ।

    हिजोसम्म सुख्खा र उजाड देखिने मैदी गाउँ विस्तारै हरियालीले ढाक्न थालेको छ । यस परियोजनाले पाँचवटा सामुदायिक वन र पाँचवटा कबुलियती वनको कार्ययोजना बनाउन पनि मद्दत गरेको परियोजनाका संयोजक रामप्रसाद अधिकारी बताउनुहुन्छ । खाना पकाउने दाउराको लागि वन जङ्गलमाथिको निर्भरतालाई कम गरी घरभित्रको वातावरण सफा र स्वच्छ राख्न परियोजनाले सुधारिएको चुलो निर्माणमा पनि सहयोग गरेको छ । यहाँका सय घरमा अहिले सुधारिएको चुलो जडान भएको छ । रासस

    Facebook Comments