Friday, April 19, 2024

यस्तो छ आगामी २४ घण्टाको मौसम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै मध्य तथा पूर्वका एक र दुई स्थानमा भारी वर्षा सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आइतबार
दिउँसो :देशभरी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै पूर्व र मध्यका थोरै स्थानहरूमा मेघगर्जनसहित चट्याङ्ग पर्ने महाशाखाले जनाएको छ। पूर्व र मध्यका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका उल्लेख छ।

राती :देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक र दुई स्थानमा मेघगर्जनसहित चट्याङ्ग पर्ने तथा पूर्व र मध्यका १ २ स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार