काठमाडौँ— सरकारले असार १ गतेबाट काठमाडौँ उपत्यकाका १७ रुटमा रात्रिबस गुडाउने निर्णय गरेपनि तत्काल कार्यान्वयन नगर्ने भएकाे छ। यातायात व्यवस्था विभागका अनुसार यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै राति ९ बजेसम्म रात्रिबस चल्ने निर्णय गरिएकाे थियाे। तर, तत्कालका लागि स्थगित गरिएकाे विभागले जनाएकाे छ।
हेराैँ सूचना
नाेट : यसअघि ‘अब उपत्यकाका १७ रूटमा रात्रिबस गुड्ने’ शीर्षकमा समाचार प्रकाशित भएकाेमा विभागले बिहीबार बेलुका नै निर्णय तत्काल कार्यान्वयन नगर्ने सूचना जारी गरेपछि समाचार संशाेधन गरिएकाे हाे। सम्पादक