पत्रकारिता पत्रकारको पेशा मात्र होइन, पाठकको पनि हो : पत्रकार वाग्ले

Share on Pinterest

‘वातावरणीय विनाश गलत संस्कार हो, यसलाई त्याग्न सक्नुपर्छ’ 
विद्या राजपुत
पोखरा, ५ चैत– हामी जो कोहीलाई लाग्न सक्छ, पत्रकारिता भनेको पत्रकारले मात्र गर्ने पेशा हो । पत्रकार तथा लेखक नारायण वाग्ले भने यसमा सहमत छैनन । उनी भन्छन,  ‘यो त पत्रकार र पाठक दुवैको पेशा हो । यो पेशामा पाठक र पत्रकारको ५०÷५० प्रतिशत हिस्सा हुन्छ ।’

नेपाल वातावरण पत्रकार समुहले डब्लुडब्लुएफ हरियो वन कार्यक्रमको सहयोगमा फागुन २६ गतेदेखि २८ गतेसम्म पोखरामा गरेको कार्यशालामा वाग्ले आफ्नो अनुभव सुनाएका हुन । उनले नेपालको पत्रकारिता र त्यसभित्रको वातावरणीय पत्रकारिताको अवस्थाबारे पढाएका थिए । 

समूहले सेती रिभर बेसिन क्षेत्रको वातावरणीय सवालहरुबारे गरेको सञ्चार अभिमूखिकरण कार्यशालामा उनले पत्रकारसगै पाठक पनि सक्रिय भइदिए भने पत्रकारिता दुवैले गर्ने पेशा हुने बताए ।  

उनले कक्षामा शिक्षकले एकोहोरो पढाएको जस्तो पत्रकारीता भएको भन्दै पत्रकारिताले पाठकसँग सम्बाद गर्नुपर्ने बताए । ‘जबसम्म पाठकस‘ग दोहोरो संवाद हुदैन तबसम्म पत्रकारिता सफल भएको मानिदैन, वाग्लेले भने । 

ज्ञान आदानप्रदान हुनुपर्ने बताउँदै उनले भने, ‘पत्रिकामा एउटा ठाउँ छ पाठक मञ्च । पाठकले लेख्न जान्दैनन् भनेर पत्रिकाले सोच्दो रहेछ । त्यसकारण पत्रकार अलि जान्ने भन्ने सोच विकास भयो । पाठकले पनि आफ्नो विचार दिए त्यो दोहोरो हुन्छ । अनि बल्ल पत्रकारिता सही बाटोमा हिड्छ ।’

पत्रकारिताका गुरुका रुपमा उपस्थित वाग्लेले कार्यशालाका सहभागीलाई हरेक विषयमा प्रतिक्रिया जनाउन हौसाए । ‘सबैले रियाक्ट अर्थात प्रतिक्रिया जनाउनुस् । भनेका, देखेका, भेटेका र भोगेका कुरामा लेख्ने बानी बसाल्नुस्,’ उनले भने, ‘पत्रकारीता भनेको ५० प्रतिशत पत्रकार र ५० प्रतिशत पाठकले गर्ने हो । ’

पत्रकार वाग्लेले ‘नकारात्मक विषय मात्र समाचार बन्ने भए के पत्रकारीता नकरात्मक कुरा हो ? भन्दै प्रतिप्रश्न गरे । उनले वातावरणीय मुद्दाहरुले अहिले पनि प्रकाशन र प्रसारण गृहहरुले महत्व नदिएको बताए । ‘पत्रकारिताले पाठकका सरोकारवाला सबै बिषयलाई समेटेर अन्र्तक्रिर्यात्मक बनाउनुपर्छ । अनि बल्ल सही पत्रकारिता हुन्छ’, वाग्लेले भने । 

ठुला र मह‘गा स्कुलका विद्यार्थी चढेको बसका झ्यालबाट चकलेटका खोल फाल्ने, बढी विक्रि हुने पोलिथिनका झोला सबै वर्गले प्रयोग गर्ने कुरा हाम्रो संस्कारसँग जोडिएको भन्दै उनले यस्ता कुसंस्कार परिवर्तनमा शिक्षक र पत्रकारहरुको ठूलो भूमिका हुने उल्लेख गरे । 

पत्रकार वाग्लेलाई सहभागी पत्रकार, शिक्षक विद्यार्थीले पाठकमा कसरी लेख्ने भनेर सोधेका  थिए  । जवाफमा उनले भने, ‘जान्ने जिज्ञासा भएपछि लेख्ने उत्साह हुन्छ । उत्सुक भइरहनुहोस् ।’ 

कार्यशालामा संरक्षणका क्षेत्रमा सक्रिय व्यक्तिहरु, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिती थियो । कार्यशालाको मुख्य उदेश्य सेती नदि क्षेत्रको वातावरणीय प्रभाववारे सहभागीलाई अभिमुखिकरण गर्नु थियो ।

नेपाल वातावरण पत्रकार समुहका महासचिव रमेश भुषालले कार्यशालाको आवश्यकता बारेमा प्रकाश पर्दै वातावरणीय ह्रासबारे हरेक व्यक्तिले चासो लिनुपर्ने बताए । 
‘तपाई हामीले प्रयोग गर्ने पानी, चढ्ने जहाजलगायतको विकास २५० वर्षमा भएको हो । लाखौं प्रजातिमध्येको एक प्रजाती मान्छेले २५० वर्षमा कति परिवर्तन ल्यायो भनेर हेर्नुभयो भने दंग पर्नुहुन्छ ।’ 

उनले भने, ‘हामीले करोडौंैं गाडी, बाटो, जहाज आदि २५० वर्षमा बनायौं, हामीले पृथ्वीको कति दोहन गर्यौं होला ? कहालीलाग्दो देखिन्छ । यहि गतिले अगाडी बढ्यो भने के होला ?’

भुषालले गएको २५० वर्षमा कसरी विश्व परिवर्तन भयो भन्ने विषयमा एउटा भिडियो देखाएका थिए । उनले भने, ‘यही गतिमा हामीले पृथ्वीको विकासमा रमाउँदै गयौं र यसलाई सन्तुलन ल्याउने संयन्त्र बनाएनौं भने के हुन्छ भन्ने विषय एकदम गहन विषय हो । ’

उनले मानवले आफ्नो वरपरको वातवरण मात्र आफ्नो हो भनेर बुझ्यौं भने त्यो गलत हुने बताउँदै यस विषयमा रिर्पोटिङ महत्वपुर्ण भएको बताए । 
हिन्दकुश हिमालय क्षेत्रबाट संसारका दश वटा नदी बग्छन । यसमध्येको गंगा नदी र यसको शाखा नेपाल हुदै बग्छ । तापक्रम बृद्धि हुँदा यसको असर पानीमा सिँचाइमा र सबैमा पर्ने भएकाले अरु सामान्य विषय भन्दाको बढी महत्वका साथ वातावरणीय विषयमा रिपोर्टिङ गर्न र चासो दिन उनले सुझाएका थिए । 

सहभागी दिल बहादुर भट्टराईले नेपालमा पत्रकारीतालाई बलियो बनाउन पाठकलाई सहभागी बनाउन कसरी सकिन्छ ? भनी सोधेका थिए । उनले पत्रकारीता र प्रकाशकलाई पनि झकझकाउन जनता चुकेको उल्लेख गर्र्दै आफ्नो समस्या, आफु सम्बन्धित सूचना पाउन आफै जनता लाग्नुपर्ने बताए । साथै उनले सामाजिक सञ्जालमा आफ्नो क्षेत्रको वारेमा सक्रिय भएर चेतना जगाउन आफै लाग्नुपर्ने बताए । 

क्षेत्रिय बन निर्देशनालयका उप निर्देशक माधव प्रसाद बरालले प्रकोप आयो, बाढी आयो भने चाही समाचार बन्ने तर विकास र संरक्षणका कुरामा पत्रकार अगाडी नआएको गुनासो गरे । 

कार्यक्रममा प्राडा देवेन्द्र लामिछानेले ३ हजार ३१ सय वर्ष अगाडी फेवा ताल बनेको बताए । सन् २०१२ मे मा सेती नदिमा आएको बाढीको प्रभाव धेरै परेको बताउँदै  यस्तै बाढीले बगाएर ल्याउने फोहरले ताल पुरिन सक्ने चेतावनी दिए । 

उनले भने, ‘यदी पोखराका तालहरु पुरिने हो र संरक्षण नगर्ने हो भने पोखरा साघुरिनेछ । यहा प्राकृतिक, सांस्कृतिक र भुगोलको पनि मासिनेछ ।’
लामिछानेले सेतीकै कारण पोखराका सुन्दर तालहरु मासिँदा यसको सुन्दरता नै मेटिने, पर्यटन उद्योग कथा बन्ने भएकाले नदिको संरक्षण सँगै तालको संरक्षण आवश्यक भएको बताए ।

कार्यक्रममा सहभागी पत्रकार विनोद प्रतिकले पत्रकारको नाताले सेती प्रभावित क्षेत्रका साना साना वातवारणीय विषय आफुले उठाउँदै आएको बताए । उनले भने, ‘जलवायु प्रदुषण, हावा, पानी, ताल आदिका बारेमा समाचार प्रकाशित हुन्छन् ।’

उनले पोखरामा पोलिथिनहरु झोलाहरुले वातावरण प्रदुषण गरिरहेको उल्लेख गरे । यस्ता समस्या सरकारी नीतिको अभावले आएको उनको बुझाइ थियो । 
प्रतिकका अनुसार पोखरा वा कास्कीको वातवरण पहिला बस्ती र सडक कम थियो । त्यती बेला प्राकृतिक हरियाली प्रसस्त थियो । तर अहिले कृतिम हरियाली मात्र छ  । उनले भने, ‘हिजो त्यही जंगलले दिएको स्वच्छ वायु हिजोआज विषयुक्त बन्दैछ । यसमा हामीले विषेश जोड दिएर समाधानमा लाग्नुपर्छ । ’

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रमले शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीलाई केही भएपनि वातावरणीय क्षेत्रमा सवाल उठाउन सक्ने बनाएको बताउँदै आगामी दिनमा यस्तो अभ्यास अझ भए राम्रो हुने धारणा व्यक्त गरे । 

नेपाल वातावरण पत्रकार समुहका सदस्य सविन शर्माले सेती रिभर वेसिनका वातावरणीय समस्याबारे विद्यार्थी, शिक्षक र संचारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जानकारी दिए । 

समुहले वातावरणीय प्रभाव सम्बन्धी बनाएको भिडियो रिर्पोट पनि कार्यक्रममा प्रस्तुत गरेको थियो । कार्यक्रममा डब्लुडब्लूएफ हरियो वन कार्यक्रमका पुर्ण कुँवर ,वन विज्ञान अनुसन्धाका धुव्र जीसी, क्षेत्रीय वन निर्देशनालयका मावध वराल, जिल्ला वन कार्यलयका प्रमुख केदार बराल, माछापुच्छ्रे विकास संघ कार्र्यकारी निर्देशक दिलबहादुर भट्टराई पनि सहभागी थिए ।

Facebook Comments