Friday, April 19, 2024

पत्रपत्रिकामा आज : डोजर विकाससँगै विनाश , जलवायु सम्मेलनमा राष्ट्रपतिलाई निम्ता

काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले जलवायु परिवर्तन, विकास निर्माणले पारेको प्रभाव, पुनर्निर्माण र चाडवाडको विषयमा प्राथमिकताकासाथ समाचार प्रकाशित गरेका छन्। श्रीपेच प्रदर्शनीको औपचारिक शुभारम्भ भएको समाचार आजका सबै दैनिक पत्रपत्रिकाले प्रकाशित गरेका छन्।

नागरिक
एकवर्षभित्र नेपालकै भूउपग्रह
शीर्षकमा नागरिकमा समाचार प्रकाशित छ। रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको समाचार छत्र कार्कीले लेखेका हुन्।

नेपालले प्रक्षेपण गर्न लागेको सानो भूउपग्रहको मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले जनाएको छ । सन् २०१९ अगष्टभित्र अमेरिकाले फ्लोरिडास्थित नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अन्तरिक्ष कन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ।

‘डोजर विकाससँगै विनाश :गाउँ छियाछिया’ शीर्षकमा दमन राईले खोटाङबाट समाचार लेखेका छन्। आठ गाउँपालिका र दुई नगरपालिका रहेको खोटाङमा सडकको ट्रयाक खोल्ने काममा होस् या सडक चौडा बनाउने काममा हेभि इक्विपमेन्ट प्रयोग भइरहेका छन्।

सडक निर्माणका क्रममा वातावरणमैत्री विधी अपनाइएको छैन। डोजर लगायतका हेभि इक्विपमेन्टका कारण जमिन थर्किदा जताततै पहिरो जाने, पानीको मुहान सुक्ने, भुक्षय हुने लगायतका समस्या निम्ति रहेको जनप्रनिधि नै स्वीकार्छन्। ‘नेपाल जलवायु परिवर्तनको कारक होइन’ शीर्षकमा पनि समाचार नागरिकमै छापिएको छ। अर्थ पृष्ठमा प्रकाशित समाचारमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जलवायु परिवर्तनको कारक नभएको बताएका छन्।

विश्वको जनसंख्यामा नेपालको हिस्सा अत्यन्त न्युन र जलवायु परिवर्तनमा पनि धेरै कम हिस्सा रहेकाले जलवायु परिवर्तनको कारक नेपाल नभएको प्रमाणित हुने बताए। उनले विकसित मुलुकहरुको आर्थिक क्रियाकलापका कारण जलवायु परिवर्तनबाट नेपालको हिमाली अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको बताए।

कान्तिपुर

‘जलवायु सम्मेलनमा राष्ट्रपतिलाई निम्ता’ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित छ। जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसीसीसी) ले मंसिर १६ देखि पोल्याण्डको क्याटाबिसमा हुने जलवायु सम्मेलन (कोप–२४) मा सहभागिताका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्ता गरेको छ।

जर्मनीको बोनमा मुख्यालय रहेको युएनएफसीसीसीले नेपाल सहित महासन्धिका १ सय ९७ वटै मुलुकका राष्ट्रप्रमुखलाई सम्मेलनमा सहभागी हुन निम्ता दिएको हो।

‘स्याउले धान्दै चाडबाड ’ शीर्षकमा मुगुको समाचार काठमाडौंबाट विमल खतिवडाले लेखेका छन्।

भूकम्पले क्षतिग्रस्त सिद्धिलक्ष्मि मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पपछिको पुनर्निर्माण पीडिएनए अन्र्तगत विनियोजित बजेटबाट स्मारक संरक्षण तथा हेरचाह कार्यालय भक्तपुरले सो मन्दिरको पुनर्निर्माण गरेको हो।

यसैगरी रामेछापको मगर गाउँमा मदिरारहित दसैं र दसैंमा दंग वृद्ध चेपाङ शीर्षकमा हेटौडाको खबर छापिएको छ।मेलम्ची खानेपानी आयोजनाले सुरुङभित्रको ढलान गर्ने काम २९ प्रतिशत सकिएको खबर पनि कान्तिपुरमा छापिएको छ।

गोरखापत्र
गोरखापत्र दैनिकमा रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव सम्बन्धि समाचार प्रकाशित छ । आज फूलपाती शीर्षकमा समाचार छापिएको छ।

फूलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन रहेको उल्लेख छ ।

रानीपोखरी पुनः निर्माण अन्योलमा , कुलेश्वर क्षेत्र स्वच्छ , सफा र हरियाली आवास क्षेत्र बनाइने , सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका लगायतका विकास निर्माणका समाचार पनि प्रकाति छन् ।

नयाँपत्रिका

झापामा रहेका चिया मजदुरलाई दसैंले छुन नसकेको खबर लक्ष्मी काफ्लेले लेखेकी छिन्। यस्तै वाग्लुङ कोठेखोला गाउँपालिका –५ का विस्थापितहरूको दसैं पनि बिना कुनै रौनक वित्दैछ। दसैं मनाउने घर छैन विस्थापितको शीर्षकमा नारायण रिजालले समाचार लेखेका छन्। केदार लाफाले मध्यपहाडी लोकमार्गमा रहेका सडकमा कालोपत्रे सुरु भएको समाचार लेखेका छन्।

अन्नपूर्ण पोष्ट
अन्नपूर्ण पोष्टले दशैँका सन्दर्भमा विभिन्न जातजातीले मनाउने तरिका र चलनबारे छुट्टाछुट्टै खबर लेखेको छ। दशैँसँगै यसका विभिन्न संस्कृति, पीङ, विभिन्न नाच, बलि लगायतका चर्चा समेटेको छ।

ताजा समाचार

सम्बन्धित समाचार